Duration 8:44

पोखराको पुम्दिमा एस्तो बन्यो पद्मासनमा बसेको विश्वकै ठुलो महादेवको मुर्ति | | NEPALI STORY TV

703 watched
0
23
Published 30 Nov 2020

#pokhara #nepalistorytv #pumdikotपोखरा महानगर पालिका वडा नम्बर २२ पुम्दी कोटमा बिश्वकै सबैभन्दा ठुलो महादेवको मुर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। यो मुर्ति निर्माण सम्पन्न भय संगै पुम्दीमा धार्मिक र अन्य पर्यटकको चहल पहल अत्यधिक हुने विश्वास लिइएको छ। छोइन्छ कि जस्तै देखिने माछापुछ्रे र अन्नपुर्ण हिम शृंखला , तल फेवाताल अनि पोखरा बजारको मनोरम दृश्य। पोखरा महानगरपालिका वडा नम्बर २२ मा पर्ने पुम्दी कोट पुग्दा जो कोहीको मन हर्सित हुन्छ सबै पिडा बिर्सेर। प्राकृतिक सुन्दरता मात्र हैन त्यहाँ निर्माण भैराखेको पद्मासनमा बसेको विश्वकै सबै भन्दा ठुलो महादेवको मूर्तिले पुम्दी कोटलाई झन् सिंगारेको छ। पुम्दिकोट आफैमा ऐतिहासिक स्थल हो। तेर्हौ सताब्दिमा यहाँ आएका बरालहरुले मौलो गाडेर हरेक वर्ष मेला र पर्व गर्दै आएका थिय। पछि २०७३ सालमा आएर पुम्दिकोट विकास समितिले बिशाल महादेवको मुर्ति निर्माण योजना अगाडी बढायो। २०७३ मा बिशाल शिव पुराण लगाएर आर्थिक श्रोत जुटाई मुर्ति निर्माण कार्य सुरु गरियो। ४० करोडको निर्माण लागत अनुमान सहित सुरु भएको मुर्ति निर्माणको काम आन्तिम चरणमा पुगेको छ। अहिले महादेवको मुर्ति जडान कार्य अन्तिम चरणमा छ। यो मुर्तिको उचाइ ५१ फिट छ। यो संगै १०८ शिवलिङ्ग स्थापना भैसकेको छ। यो बिशाल मुर्ति भारतका चर्चित ब्यापारी कमल जैनले सहयोग गरेका हुन्। हाल सम्म १५ करोड बजेट सकिएको छ। शिव पुराण बाट ६ करोड १८ लाख र २० रोपनी जग्गा प्राप्त भएको थियो। मुर्ति निर्माणका लागि पर्यटन मन्त्रालय र पोखरा महानगर पालिकाले समेत बजेट दिएका छन। तर हाल सम्म आइपुग्दा ३ करोड भन्दा बढी ऋण निर्माण समितिलाई लागेको स्थानीय महेन्द्र बरालले जानकारी दिय। पोखराको मुख्य बजार बाट १३ किलोमिटर पश्चिममा पर्ने पुम्दी कोट आफैमा रमणीय गान्त्ब्य हो। छोरेपाटन बाट बिश्व शान्ति स्तुप हुदै पुम्दी कोट पुग्न सकिन्छ। महादेवको बिशाल मुर्ति जडान पछि १०८ स्वर्गद्वारी सिंडी , बाल उधान सहितको बगैचा समेत निर्माण गरिने छ। पुम्दी कोट मा हरेक वर्ष तिज,बडा दशैं , शिवरात्रि र चैते दशैं मा मेला लाग्ने गर्छ। महादेवको मुर्ति निर्माण पश्चात पोखराकै उत्कृस्ट पर्यटकीय गन्तब्य बन्ने स्थानीय महेन्द्र बराल बताउछन। पुम्दी कोटलाइ नेपाल सरकारले स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको छ। पुम्दी कोट पुग्न बाटो असजिलो भए पनि हरेक दिन ३ सय भन्दा बढी आन्तरिक पर्यटक पुग्न थालिसकेका छन भने कोट आसपास ठुला होटलहरु निर्माण हुने चरणमा छन्। लामो समय देखि पर्यटकको नजर नपुगेको पुम्दी कोट पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ।

Category

Show more

Comments - 1