Duration 8:52

New Destination - CHYARLANG & NALMO JHARNA- Khaniyabas Rural Municipality - Reporting Documentary 4K

5 005 watched
0
243
Published 22 Sep 2021

!!!!...Unauthorised downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Lhapsangkarpo Music Center. Right for this video is provided by Roshan Phyuba Direction /Camera/ Edit: Roshan Phyuba Tamang Script / Research : Gopal Fyuba Narrator: Surya Moktan Post Production: Lhapsangkarpo Music Center Presents by: Khaniyabas Rural Municipality, Dhading Supported by Ex-Army Community Khaniyabas सहयोगीहरु सिररोङ तामाङ (खनियाबास ५ मउर) धर्मराज तामाङ (खनियाबास ४) मर्नेन तामाङ (खनियाबास ५) दिपक तामाङ (खनियाबास ४) बेग बहादुर वाईबा (खनियाबास ३) चोक बहादुर तामाङ (खनियाबास ४) शर्मिला गुरुङ (खनियाबास ४) धादिङ जिल्ला काठमाण्डौं देखि नजिकैको पर्यटकिय गन्तब्य हो । धादिङ जिल्लामा समुन्द्री सतह देखि सात हजार मिटर भन्दा बढी उचाईमा अवस्थित गणेश हिम श्रृङ्खला देखि बेशीका समथर फाँटहरु समेत पर्दछ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय स्थलहरु, बिभिन्न जातीका संस्कृती एवं धार्मिक आस्थाका सम्पदाहरु प्रसस्त रहेकोले उत्तरी धादिङ पर्यटकको रोजाईमा परेको क्षेत्र हाे । यश जिल्लाका १३ वटा स्थानीय तहहरूमध्ये खनियावास पनि एक गाउँपालिका हाे । यसमा ५ वटा वडाहरू छन् । साविककाे सत्यदेवी, दार्खा र झार्लाङ गाविसकाे समायाेजन नै खनियाबास गाउँ पालिका हाे । खनियाबास गाँउपालिकामा अनेकन प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक विभिन्न स्थानहरू रहेका छन् । ती स्थानहरूकाे संरक्षण, प्रवर्धन र प्रचार गर्न सकेमा अान्तरिक र वाह्य पर्यटनकाे लागि अाकर्षक गन्तव्य हुन सक्ने सम्भावना रहेकाे छ । ती स्थानहरू मध्ये एक खनियावास गाउँपालिका वडा नं ५ मउर गाँउकोे झरना आन्तरिक तथा बाह्य पर्यटकको लागि नयाँ गन्तब्य हुन सक्छ । धादिङको खनियाबास गाँउपालिका र नुबाकोटको म्यगङ गाँउपालिकाको सिमाना नजिकै दुई ओटा झरनाहरु च्यार्लाङ झरना र नाल्मो झरना छन् । अग्लाे भिरबाट च्यार्लाङ झरना अरु ५ ओटा छाँगाहरुबाट खस्दै १०० मिटर भन्दा अग्लो छाँगा बाट झरिरहेको छ । यो ज्यादै नै मनमोहक देखिन्छ । त्यहाँ बाेम्बाेकाे कुङ्कर पनि छ । मउर र नजिक गाउँका कसैलाई दुःख विमार भएमा त्यस कुङ्करमा अण्डा चढाउनु पर्ने जनविश्वास छ । च्यार्लाङ झरना कै छेउमा अर्को नाल्मो झरना छ । यो करिव ९० मिटर माथिबाट झरिरहेको छ । टाढा बाट हेर्दा धागो जस्तै देखिने हुँदा यस झरनालाई स्थानिय भाषामा नाल्मो झरना भनिएको हो । नाल्मो झरनामा भिर माहुरीको समेत अवलोकन गर्न सकिन्छ । झरनाको अवलोकन गरी नजिकै रहेको म्हम्बल ग्युङको ट्राउट माछा खादै आराम गर्न सकिन्छ । नजिकै रहेको माहुर गाउको स्थानिय तामाङ परिकारकोे स्वाद पनि चाख्न सकिन्छ । साथै तामाङ बाैद्ध विधिबाट स्वागत सत्कार पनि पाइन्छ । यो नुवाकोटको त्रिशुली बजारबाट २५ किलोमिटर मोटरबाटो र धादिङबेसी बाट ४० किलोमिटरको मोटर बाटो खुलीसकेको छ । खनियाबास गाँउपालिकाको सबै वडा बाट झरना सम्म मोटर बाटो खुलेको छ । त्रिशुली बाट देउराली, म्यगङ, किम्ताङ, पाच्यात हुदै झरना सम्म पुग्ने मोटर बाटो छ । खनियाबास गाँउपालिका वडा नं ५ मउर गाँउको यस झरनाको प्रचार प्रसारको साथै राम्रो ब्यवस्थापन गर्न सकेमा हजारौ आन्तरिक तथा बाह्य पर्यटकको ओईरो लाग्ने निश्चित छ । झरना संग सम्बन्धि बिभिन्न खेलहरु, क्यानोनिङ तथा रक क्लाईम्बीङको राम्रो सम्भावना रहेकोले यस संग सम्बन्धीत तालिम संचालन गरि आर्थिक लाभ लिन सकिन्छ । यस झरनाहरुको सही सदुपयोग गर्न सकेमा त्यस वरपरका बस्तीहरुमा होमस्टे, होटल तथा रिसोर्टहरु संचालन गर्न सकिन्छ । अहिले पनि नुवाकोटको त्रिशुली, देउराली, किम्ताङ देखिको पर्यटकहरु झरनाको अवलोकन गर्न र टिकटक बनाउन आउने गर्दछन् । खनियाबास गाँउपालिका भित्र सबै वडा बाट पर्यटकहरु आउने गर्दछन् । #chyarlangjharna #nalmojharna #khaniyabas email - mhendomaya@gmail.com mobile - 00977-9813775001 Subscribe Our channel for unlimited entertainment https://goo.gl/V6tM5x Circle us on G+ https://plus.google.com/u/0/+ Mendomay... Like us on Facebook Page https://www.facebook.com/HAMRO-TV-128 ... Be Friend on Facebook https://www.facebook.com/profile.php? ... For More Info http://hamromediagroup.com Video ©Lhapsangkarpo Music Center (P.) Ltd

Category

Show more

Comments - 16