Duration 1:2

३७ वर्षपछि लक्ष्मीनारायण भगवान अमेरिकाबाट नेपाल फर्किए,यसरी गरियो स्वागत ournewscrew लक्ष्मीनारायण

95 watched
0
0
Published 4 Dec 2021

#पुनर्स्थापित #पूजाअर्चनासहित #लक्ष्मी_नारायणको_मूर्ति सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सस पु¥याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई आज पहिलेकै मन्दिरमा पुनर्स्थापित गरिएको छ। ललितपुरको पट्को टोलमा बाजागाजा र पूजाअर्चनासहित मन्दिर पुनर्स्थापना गरिएको हो। गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो। वैशाख पहिलो साता अमेरिकी दूतावासका प्रतिनिधिले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। सन् १९९० देखि अमेरिकाको डल्लास म्युसियअम अफ आर्ट्समा थियो यो मूर्ति। अमेरिकी राजदूतावास, अमेरिकी सरकार, नेपाल सरकार, डल्लास म्युजियम, पुरातत्व विभागलगायतको संयुक्त प्रयासमा मूर्ति फर्काइएको थियो। गत फागुनमा अमेरिका स्थित नेपाली दूतावासमा मूर्ति हस्तान्तरण गरिएको थियो। फेडरल ब्युरो अफ इन्भेस्टिगेशनका सहायक निर्देशक टिमोटी एम डनह्यामले ललितपुरबाट चोरी भइ अमेरिका पुगेको मूर्ति राजदूत युवराज खतिवडालाई हस्तान्तरण गरेका थिए। आज ललिपुर महानगरपालिका, पट्को टोल सुधार समिति, नेपाल हेरिटेज रिकभरी क्यम्पेन लगायतको सक्रियतामा मूर्ति पुनर्स्थापना गरिएको हो। Nepali News and Information channel that aims in promoting news and current affairs with a professional and an objective approach.Garb Media Networks Pvt Ltd is the official YouTube channel of ournewscrew.com managed by Garb Media Networks Pvt Ltd and is registered with Press Council Nepal and Department of Information & Broadcasting of Nepal (Reg. No. 639-076/077)

Category

Show more

Comments - 1